Logo

चीनको आवासीय अपार्टमेन्टको १५औं तल्लामा आगलागी, १० जनाको मृत्यु



एजेन्सी, ९ मंसिर । चीनको सिनजियाङमा रहेको एउटा भवनको १५औं तलामा आगलागी भएको छ । यस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार बिहीबार राति आगलागी भएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार विद्युतीय सकेट विस्तारका कारण आगलागी भएको हो ।

पछिल्लो चार दिनमा आगलागीको यो दोस्रो घटना हो । नोभेम्बर २२ मा हेनान प्रान्तमा रहेको एक निजी कम्पनीको प्लान्टमा आगलागी भएको थियो। जसमा ३८ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले एकजना अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ ।

अपार्टमेन्टमा बस्ने मानिसहरूलाई तुरुन्तै उद्धार गरिएको थियो। आगलागीको कारणबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
सो क्षेत्रका अधिकांश भवन पुराना र धेरै जीर्ण अवस्थामा छन्। यिनीहरूमा सुरक्षाको उचित व्यवस्था नभएको बताइएको छ । तर, आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा आगलागीका घटना सामान्य छन् ।

चिनियाँ समय अनुसार सोमबार साँझ ४ः२२ बजे हेनान प्रान्तको आन्याङ शहरको वेनफेङ क्षेत्रमा रहेको ट्रेड कम्पनीको प्लान्टमा आगलागी भएको हो । राति ११ बजेतिर नियन्त्रणमा आएको थियो । तत्कालै नगरपालिकाको दमकल तथा उद्धार टोलीले घटनास्थलमा पुगेर आगो निभाउने काम सुरु गरेको थियो ।

दुर्घटनापछि प्लान्टका धेरै मानिस बेपत्ता भएका छन्, उद्धार टोली उनीहरुको खोजीमा जुटेको छ । आगलागीसँगै विद्युत आपूर्ति, जनसुरक्षा, आकस्मिक स्वास्थ्य टोली समेत घटनास्थलमा बोलाइएको थियो । संदिग्धहरूलाई स्थानीय सार्वजनिक सुरक्षा विभागले हिरासतमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्