Logo

रणवीर र आलियाको छोरीको नाम ‘राहा’



एजेन्सी, ९ मंसिर । बलिउड कलाकारहरु रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम राखेकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ जोय भएको बताएकी छन् । यसबाहेक राहा पनि गोत्र हुन् । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् ।

आफ्नी छोरीको नामको बारेमा जानकारी दिँदै आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा लेखेकी छिन्– “राहा भनेको आनन्द हो। संस्कृतमा राहा भनेको गोत्र हो। बंगालीमा यसको अर्थ आराम र राहत हो। अरबीमा यसको अर्थ शान्ति हुन्छ। साथै यसको धेरै अर्थहरू पनि छन् । स्वतन्त्रता र आनन्द । हामीले पहिलो पटक यसलाई आफ्नो हातमा समात्दा यी सबै अर्थहरू महसुस गरेका थियौं। हाम्रो परिवारलाई नयाँ जीवन दिनु भएकोमा धन्यवाद। हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्यो।“ आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् ।



प्रतिक्रिया दिनुहोस्