Logo

‘अर्को पार्टीलाई भोट दिन दबाब दिँदा नयाँ दल र युवा नेता जन्मिए’



काठमाडौं, ९ मंसिर । नेकपा एमाले नेतृ तथा नायिका करिष्मा मानन्धरले मतदाताले विश्वास गरेको पार्टी र विचारलाई भोट नदिएर अरुलाई भोट दिन दबाब दिएकोले नयाँ दल र युवा नेताको जन्म भएको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जालमा एक स्याट्टस लेख्दै लोकतान्त्रिक पद्धतिमा जनता नै सार्वभौम हुने बताएकी हुन् । उनले लेखेकी छिन्,‘आफुले विस्वास गरेको पार्टी र विचारलाई भोट नदिइ अरुलाई नै भोट गर्नका निम्ति जुन दबाब सृजना गरियो तेसको परिणाम स्वरुप राजनीतिक बृतमा अर्को एउटा अर्को पार्टी र थुप्रै युवा नेताहरुको जन्मभएको छ ।’

जनताले जे चाहान्छ्न त्योभन्दा ठुलो केही नहुने पनि उनको भनाइ छ । राजनीतिक दलहरुले जनताको समवेदनशीलतालाई बुझ्नुपर्ने उनले बताएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्