Logo

महोत्तरी–२ मा लोसपाका शरतसिंह भण्डारी विजयी



काठमाडौं, ९ मंसिर । महोत्तरी–२ मा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् ।

उनले तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् ।

एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाउदा जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९ सय ७१ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्