Logo

मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा कोइराला विजयी



काठमाडौँ,९ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले नौ हजार दुई सय ७३ प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्