Logo

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुणकुमार विजयी



काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै विजय भएका हुन् ।

चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्