Logo

भानुभक्त ढकाललाई हराउँदै सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो



काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।



प्रतिक्रिया दिनुहोस्