Logo

समानुपातिकतर्फ माओवादी तेस्रोमा उक्लियो



काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का मतगणनामा समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) तेस्रो दल बन्ने भएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको हो ।

६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले ८ लाख ४१८ मत ल्याएको छ ।

अर्थात् ११.६३ मत पाएको छ भने रास्वपाले ७ लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ।



प्रतिक्रिया दिनुहोस्