Logo

इलाम १ मा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग



काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा पूनः मतदानको माग गरेका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले मतगणनामा सुरुवातदेखि नै त्रुटि देखिएको टिप्पणी गरे । खसेको मतभन्दा धेरै गणना हुनु नै धाँधलीको प्रमाण भएको उनको दाबी छ ।

अहिलेसम्म गणना भएको मतमा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । सो क्षेत्रमा एमालेका महेश बस्नेतले सुरुवातदेखि नै अग्रता लिएका छन् । खनालले भने अब पूनः मतदानको माग गर्दै मतगणनामा भाग नलिने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्