Logo

प्रधानमन्त्री देउवा र भारतीय राजदुतबीच भेटवार्ता, सरकार निर्माणबारे चासो



काठमाडौं, १० मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

उक्त भेटबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई निर्वाचन जितेकोमा बधाई दिएका थिए ।

साथै, उनले निर्वाचनपछि बन्ने सरकारको विषयमा पनि चासो राखेका थिए ।

आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।

उक्त भेटमा दुई नेताबीच सरकार गठनको विषयमा छलफल भएको जनाईएको छ ।

दाहालले त निर्वाचनको सबै परिणाम सार्वजनिक भएपछि गम्भीर समिक्षा गर्ने र गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्ने खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्