Logo

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित



काठमाडौं, मंसिर ११ । महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका छन् ।

http://www.adbl.gov.np

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन्। त्यसैगरी महोत्तरी–१ (१ं) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरे । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।



प्रतिक्रिया दिनुहोस्