Logo

आज कहाँको मौसम कस्तो ?



काठमाडौं, मंसिर ११ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

http://www.adbl.gov.np

आइतबार दिउँसो भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति भने प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ ।

साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा भएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्