Logo

देउवासँग चुनाव लडेका यी ५ उमेदवारको जमानत जफत



काठमाडौं, मंसिर ११ । कुल सदर मतको दश प्रतिसत ल्याउनु नसक्दा डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका पाँच जना उमेदबारको जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा गोविन्द खडायत (राप्रपा), कर्ण सिंह रावल (स्वतन्त्र), बिक्रम कुमार शाहि (स्वतन्त्र), लाल बहादुर कठायत (स्वतन्त्र) र श्याम सिनाल (जनता समाजवादी पार्टि नेपाल) रहेका छन् ।

यी उमेदवारले क्रमश ७८४,४४२,४३३,१६९ र ८५ मत ल्याएका थिए । विजयी भएका शेरबहादुर देउवाले २५ हजार ५ सय ३४ मत ल्याएका थिए । दोस्रोमा रहेका सागर ढकालले १३०४२ र कर्ण मल्लले ७५३४ मत ल्याएका थिए । डडेल्धुराबाट ५१ हजार ६६० मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्