Logo

समानुपातिकतर्फ एमालेले कटायो २३ लाख मत



काठमाडौं, मंसिर ११ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा (एमाले)ले २३ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एमालेले २३ लाख १ हजार ३२४ मत ल्याएको छ ।

त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले २२ लाख ५ हजार १०२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ९ लाख ६५ हजार ४१७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २२ हजार ४८९ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार ७७३ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ३२९ मत पाएको छ भने नेकपा एकीकृत समाजवादीले २ लाख २० हजार ५४७ मत पाएको छ ।(



प्रतिक्रिया दिनुहोस्