Logo

मनकामना केवुलकार २५औं वर्षमा प्रवेश



काठमाडौं, ११ मंसिर । नेपालकै पहिलो मनकामना केवुलकारको संचालन २४औं वर्ष पुरा गरी २५औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको सहर्ष जानकारी गराउंदै ।

यस केबुलकारको स्थापनाकाल मिति २०५५ साल मंसीर ८ गते देखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्री तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेका छौं ।

केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य बृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्