Logo

कमल थापा भन्छन्– ‘मैले चुनाव हार्दा नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना कमजोर भयो’



काठमाडौं, मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर भएको बताएका छन्।

प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि अध्यक्ष थापाले उक्त कुरा बताएका हुन्। सामाजिक सञ्जालमा थापाले भनेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रुपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दूराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु।’

बागमती प्रदेशको राजधानी हेटौंडा बनाउन आफू सफल भएको उल्लेख गर्दै थापाले लेखेका छन्, ‘हेटौंडालाई राजधानी त बनाएँ। तर, काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुन: राप्रपा नेपाल ब्युँताएका थिए। थापा एमालेको चुनाव चिह्न सुर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। तर, उनी राप्रपाका दीपक सिंहसँग पराजित भए।



प्रतिक्रिया दिनुहोस्

Screenshot