Logo

सुनसरी ४ मा मतगणना सुचारु गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहिन



काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए ।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेसले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि विवाद सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्