Logo

इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत जित नजिक



काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् ।

नेकपा एमालेका महेश बस्नेतले खनालतलाई २५ मतान्तरले पछि पार्दैै अग्रता लिएका छन् । सो क्षेत्रबाट सातौंपटक उम्मेदवार बनेका खनाल यसपटक भने पछि परेका छन् ।

बस्नेत २५ हजार ३०४ मतसहित अग्रता लिईरहँदा खनालले २१ हजार ८०२ मत पाएका छन् । सो क्षेत्रमा ५९ हजार ९०६ मत खसेकोमा ५६ हजार ४९१ मत गणना भइसकेको छ । खनालले भने पुनः मतदानको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्