Logo

स्थगित उदयपुर–१ को मतगणना पुनः ४ बजेबाट सुचारु हुँदै



काठमाडौं, ११ मंसिर । गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना अझै पनि जारी छ । उदयपुर–१ मा रोकिएको मतगणना सवा ४ बजेबाट पुनः हुने भएको छ ।

गणनाको क्रममा १० वटा ब्यालेट बक्समा उदयपुर १ (२)को प्रदेशसभाको १०० मत भेटिएपछि दलहरुको आग्रहमा गणना स्थगित भएको हो ।
गणना रोकिएपछि हिजो सर्वदलिय बैठक बोलाइएपनि कुनै निष्कर्ष भने निस्किएको छैन् ।

सो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकोमा ६३ हजार ८० मत गणना भइसकेको छ । नेपाली कांग्रेसका नारायण खड्काले १८ सय २५ मतान्तरले अग्रता लिएका छन् । उनले २७ हजार ४८४ मत प्राप्त गर्दा एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्