Logo

ज्याकलिनले सुकेशसँग विवाह गर्न नचाहेको खुलाशा



एजेन्सी, ११ मंसिर । अभिनेत्री ज्याकलिन फर्नान्डेजले २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत पाएकी छिन् । ज्याकलिनका वकिल प्रशान्त पाटिलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

ईडीका अनुसार मनी लान्ड्रिङ रोकथाम ऐनको धारा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सुकेश जेलमा रहेको कुरा ज्याकलिनलाई थाहा भएको पनि ईडीले जनाएको छ । तैपनि सुकेशबाट उपहार लिइन् । ती उपहारको मुल्य सात करोड रहेको ईडीले जनाएको छ ।

ज्याकलिनको भनेकी छिन्, ‘कि उनको स्टाफले आफूलाई गृह मन्त्रालयको शंकर भेला भनेर चिनाउने एक व्यक्तिको फोन आयो। उनले आफू सन टिभीको मालिक भएको र ज्याकलिनसँग ओटीटी स्पेसमा केही गर्न चाहेको पनि बताए । जसका कारण ज्याकलिन राजी भइन् र थप पिंकीले सुकेशका लागि राजी भइन् । साथै, सुकेश सधैं भिडियो कलमा उपलब्ध हुन्थ्यो, त्यसैले सुकेश जेलमा हुन सक्छ भनेर कसैले सोचेको थिइनन् ।’



प्रतिक्रिया दिनुहोस्