Logo

मतपत्र भेटिएपछि निर्वाचित भएका नेम्वाङ र आङदेम्बेबीच फेरी प्रतिस्पर्धा हुँदै



काठमाडौं, ११ मंसिर । पाँचथरमा समानुपातिक मतपेटिकामा प्रत्यक्षको पनि मतपत्र भेटिएपछि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका वसन्त आङदेम्बेले ३२ हजार १९० मत ल्याएर विजयी भएको घोषणा गरिएको थियो भने आङदेम्बेले ४७ मतले नेम्बाङसँग पछि परेका थिए । उनले ३२ हजार ६३ मत पाएका थिए ।

तर, प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि पुनः मतगणना थालिएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा आइतबार भएको निर्वाचनमा ७४ हजार ४९३ मत खसेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्