Logo

एमालेले मृत्यु भए भनेका व्यक्ति चापाकोटमा ज्युँदै भेटिए (भिडियोसहित)



काठमाडौं, ११ मंसिर । मतदान भएको साता दिन बित्दा समेत अझैसम्म पनि स्याङ्जाको क्षेत्र नम्बर २ मा मतगणना हुन सकेको छैन् ।

नेपाली कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको भन्दै एमालेले ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ ।

चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् । जिउँदै मानिसहरुलाई मरेको आरोप एमालेले लगाएपछि चापाकोटवासीहरु आक्रोसित भएका छन् ।

एमालेले जिउँदा व्यक्तिहरुलाई पनि मरेको मतदाता भन्दै सूची सार्वजनिक गरे पछि जिउँदै रहेकी मतदाता जुनमाया दमैले आफू तर्सिएको बताएकी छिन् । उनले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्