इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित


काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् ।

उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् ।

निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।