Logo

दोलखामा बुथ कब्जा गरिएको भनिएका ठाउँमा पूनः मतदान हुने



काठमाडौं, ११ मंसिर । मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो ।

तर, अब विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी छ ।

दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसामा उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको भन्दै पूनः मतदानको निवेदन दिएका थिए ।

आयोगको टोलीले उक्त जिल्लामा पुगेर गरेको अध्ययनपश्चात् नै विवादित भनिएका मतदानस्थलमा पूनः मतदान गर्ने तयारी भएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्