Logo

प्रकाशमान सिंह बालकोटमा



काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यही सन्दर्भमा सिंहले ओलीलाई बालकोटमा पुगेर भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच एक अर्कामा बधाई साटासाट भएको थियो । पछिल्लो समय सरकार गठनको विषयमा दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेको बेलामा सिंहले ओलीलाई भेट्नुलाई पनि अर्थपूर्ण रुपमा लिईएको छ ।

सरकारको स्थायित्वको लागि एमाले र कांग्रेसको संयुक्त सरकार गठन गर्नुपर्ने पनि आवाज उठेको छ । अहिलेसम्मको मतपरिणाममा कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्ने निश्चित भएको छ। कांग्रेस नेतृत्वले भने सत्ता गठबन्धनलाई नै निरन्तरता दिन चाहेको छ ।



प्रतिक्रिया दिनुहोस्