Logo

धनुषा-४ मा महेन्द्र यादवलाई १३ मतले उछिने रघुवीर महासेठले



काठमाडौं, ११ मंसिर । धनुषा ४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन् । यसअघि अग्रता लिएका कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन् ।

अहिलेसम्मको मतपरिणामअनुसार महासेठले २४२९० मत ल्याएका छन्। उनीसँग पछि परेका कांग्रेसका यादवले भने २४२७७ मत ल्याएका छन् । उनीहरुबीच १३ मतको अन्तर छ ।

अब मिथिला नगरपालिकामा गणना बाँकी छ । सो नगरपालिकामा १० वटा वडा छन् । त्यहाँ झण्डै २० हजार मत खसेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्