Logo

देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको जनाइएको छ ।

निर्वाचनको परिणाम करिब करिब आईसकेको छ । अब कुन दलले कति सिट ल्याउने भन्नेबारे टुँगो लागेकोले दलहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । यसअघि पनि दाहालले देउवासँग बालुवाटारमा पुगेर छलफल गरिसकेका छन् ।

देउवा र दाहाल दुवै नेता यही गठबन्धन कायम राख्न चाहन्छन् । सत्ता गठबन्धनको सामान्य बहुमत आउने पक्का भएपछि उनीहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका हुन् । यद्धपी पहिलो चरणमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति भैसकेको छैन् ।

ठूलो दल भएको कारण पनि पहिलो चरणमा देउवाले नै सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठेको छ। यसमा दाहाल पनि सहमत छन् । तर, आलोपालो सरकारको नेतृत्व गर्नेबारे अहिले नै सहमति कायम गरिनुपर्नेमा उनले जोड दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्