Logo

चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज



एजेन्सी, १२ मंसिर । चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ ।

उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए ।

जनताले लकडाउन हटाएर स्वतन्त्रता दिनुपर्ने भन्दै नारा लगाइरहेका छन् । आन्दोलनकारीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहेको बताइरहेका छन् ।

चीनमा कोरोना लगातार बढिरहेको छ । गत नोभेम्बर २७ मा ४० हजार कोरोना संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै ठूलो संख्या हो। अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३ लाख नाघेको छ । जसका कारण सी जिनपिङ सरकारले धेरै प्रतिबन्ध लगाएको छ ।

कडा लकडाउनका कारण ६६ लाख मानिस घरमै थुनिएका छन् । यी मानिसहरू खाद्यान्नको लागि बाहिर निस्कन पनि सकिरहेका छैनन् । दैनिक कोभिड परीक्षणका कारण जनताहरुको आक्रोश पनि बढ्दै गएको छ । सरकारको आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही भइरहेको जनाएको छ। Photo : CNBC



प्रतिक्रिया दिनुहोस्