Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, मंसिर १२ । आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला तीन सय रूपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ आज घटेको हो ।

http://www.adbl.gov.np

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रूपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रूपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रूपैयाँ पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्