Logo

पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ : नैनसिंह महर (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सत्ता गठबन्धनको बहुमत पुग्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महरले भने,‘हाम्रो पाँच दलीय गठबन्धनसँग बहुमत पुग्छ, अहिले निर्वाचनको नतिजा आईरहेको छ, अहिलेकै परिणाम हेर्नुहुन्छ भने करिब ९० को हाराहारीमा कांग्रेस आउँछ, माओवादीको ३३ सिट आउँछ, अनि समाजवादी, लोसपा र जनमोर्चा जोड्दा, गठबन्धनले सहयोग गरेकाहरुलाई जोड्यौं भने हाम्रो बहुमत आउँछ, झिनो बहुमत आउँछ, कुनै दमदार बहुमत आउँदैन् ।’

उनले कांग्रेसको नेतृत्वमा चुनाव सम्पन्न भएको र अहिले पनि ठूलो दल भएकोले पहिलो चरणमा कांग्रेसले प्रधानमन्त्री लिने विश्वास दिलाए । उनले दलको नेता चयनको लागि कांग्रेसमा निर्वाचन हुने र बहुमत ल्याउने व्यक्ति नेता बन्ने भन्दै अहिले नै हतार गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्