Logo

समानुपातिक तर्फ अझै कति छ मत गन्न !



काठमाडौं, १२ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना करिब करिब सकिन लागेको छ । अझैपनि विभिन्न कारणले केही स्थानमा भने मतगणना हुन सकेका छैनन् ।

प्रत्यक्षतर्फ कुल १ सय ६५ क्षेत्रमध्ये हालसम्म १ सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको अनुसार समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत मात्रै गन्न बाँकी छ ।

प्रतिनिधि सभामा अहिलेसम्म ९३ लाख ८ हजार १६४ मतगणना भइसकेको छ । कुलमतदाता एक करोड ७९ लाख ८५० रहेको छ जसमध्ये एक करोड ९ लाख ७३ हजार २७० मत खसेको थियो ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्