Logo

शिल्पाले मुम्बईमा नयाँ रेस्टुरेन्ट खोलिन्



एजेन्सी, १२ मंसिर । बलिउडमा फिल्म उद्योग बाहेक व्यवसायमा पनि हात हालेका धेरै कलाकार छन् । अभिनेत्री शिल्पा शेट्टीले मुम्बईमा पिज्जा रेष्टुरेन्ट खोलेकी छिन् ।

शिल्पाले खोलेको नयाँ रेष्टुरेन्टको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा शिल्पा आफ्नो रेष्टुरेन्ट बाहिर फोटोग्राफरहरुलाई पिज्जा खुवाउँदै गरेको देखिन्छ ।

शिल्पा छोरा वियान र छोरी समिषासँग रेष्टुरेन्ट खोल्न पुगेकी थिइन् । शिल्पाको पिज्जा रेष्टुरेन्टको नाम ‘बिज्जा’ हो । यो भिडियोमा शिल्पा फोटोग्राफरहरुसँगै कुरा गर्दै भन्छिन्, ‘यो फोटो खिच्नका लागि होइन, यो तपाईहरुको लागि हो’ । शिल्पाको यो स्टाइल धेरैले मन पराएका छन् ।



प्रतिक्रिया दिनुहोस्