Logo

कृति प्रभाससँग डेट गरिरहेकी छिन् त !



एजेन्सी, १२ मंसिर । बलिउड अभिनेता प्रभास र अभिनेत्री कृति सेनन डेट गरिरहेको नयाँ खुलाशा भएको छ । उनीहरु प्रेममा रहेको बरण धवनले संकेत गरेका हुन् ।

बलिउड कलाकारहरु वरुण र कृति  हालै आफ्नो फिल्म भेडियाको प्रमोशन गर्न रियालिटी शो पुगेका थिए । त्यहाँ, वरुणले अनौपचारिक रूपमा कृति सेननले आफ्नो आदिपुरुष सह–कलाकार प्रभाससँग डेट गरिरहेको संकेत गरे । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा, कसैको नाम नलिई वरुणले कृति सेनन हाल बाहुबली स्टार प्रभाससँग सम्बन्धमा रहेको संकेत दिइरहेका छन् ।

बरुण धवन र कृति सेनन आफ्नो फिल्म भेडियाको प्रमोशनको सिलसिलामा रियालिटी शोमा पुगेका थिए । शोको क्रममा फिल्म मेकर करण जोहरले वरुणलाई इन्डस्ट्रीका केही सिंगल नायिकाको नामबारे सोधे र त्यो लिस्टमा कृतिको नाम हराइरहेको थियो, त्यसपछि करणले कृतिको नाम किन यो लिस्टमा छैन भनेर सोधे, वरुणले जवाफ दिए– “कृतिको नाम हो। यो लिस्टमा छैन किनभने कृतिको नाम कसैको मनमा छ र त्यो व्यक्ति अहिले मुम्बईमा छैन, उनी अहिले दीपिका पादुकोणसँग सुटिङमा छन् ।” वरुणको कुरा सुन्नेबित्तिकै कृति हाँसेकी देखिन्छिन् । अहिले प्रभास दीपिका पादुकोणसँग ‘प्रोजेक्ट के’ मा काम गरिरहेका छन् ।
यस क्रममा वरुणले कसैको नाम भने लिएनन् तर फ्यानले प्रभास र कृतिबीच केही चलिरहेको छ भन्ने विश्वास गरेका छन् । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार मेगा बजेट फिल्म ‘आदिपुरुष’को पीआर प्रमोशनका लागि कृति र प्रभासको रिलेशनशिपको चर्चा चलिरहेको छ ।

वरुण धवन र कृति सेननको भर्खरै रिलिज भएको फिल्म भेडियाले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पहिलो सप्ताहन्तमा २८ करोड कमाएको छ । आदिपुरुषको कुरा गर्दा ओम राउतको निर्देशनमा बनेको यो फिल्म १६ जुन २०२३ मा रिलिज हुँदैछ ।

यो पान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्रको बजेट करिब ५०० करोड रहेको छ तर टिजर रिलिज भएसँगै धेरै ट्रोल भएको छ । फिल्मको कमजोर भीएफएक्स र भगवान राम, हनुमान र रावणको रूपलाई गलत रूपमा प्रस्तुत गरेकोमा फिल्मका निर्माताहरूले धेरै आलोचनाको सामना गर्नुपरेको थियो।



प्रतिक्रिया दिनुहोस्