Logo

१६५ मध्ये १६२ क्षेत्रको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?



काठमाडौं, १२ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६२ क्षेत्रको परिणाम आइसकेको छ ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा सफलता हात पारेको छ । नेकपा (माओवादी केन्द्र)ले १६, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपालले ७, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४ नागरिक उन्मुक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टीले १? जनमत पार्टीले १ र स्वतन्त्रले ५ क्षेत्रमा जित हासिल गरेका छन् ।

प्रदेश सभा बागमती प्रदेशमा ६६ मध्ये ६४ को मतपरिणाम आइसकेको छ ।

बाग्मती प्रदेशमा नेपाली कांग्रेसको २४, माओवादी केन्द्रमा १४, एमालेको १२, राप्रपाको ७, नेकपा एकीकृत समाजवादीको ५, नेककिपाको १ र हाम्रो नेपाली पार्टीको १ जना प्रदेश सांसद निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot