Logo

समानुपातिकतर्फ माओवादी र रास्वपाको कडा टक्कर,एमालेले कांग्रेससँग बढायो मतान्तर



काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक तर्फ नेकपा एमालेले नेपाली काग्रेससँग मतान्तर बढाउँदै लगेको छ ।

साढे ३ बजेको निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७ सय ५६ मत पाएर दोस्रो स्थानमा छ । १० लाख ६६ हजार ८३३ मत प्राप्त गरेर नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा छ । १० लाख ६३ हजार ५१३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथौं स्थानमा छ । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मत तलमाथि भइरहेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६०९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ ३ लाख २९ हजार ८९० मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले २ लाख ५३ हजार १४९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६१ मत प्राप्त गर्दा जनमत पार्टीले २ लाख ६६ हजार १ सय मत पाएको छ । लोसपाले १ लाख २७ हजार ८८६, नेमकिपाले ७२ हजार ७८४, हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा सफलता हात पारेको छ । नेकपा (माओवादी केन्द्र)ले १६, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपालले ७, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४ नागरिक उन्मुक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टीले १? जनमत पार्टीले १ र स्वतन्त्रले ५ क्षेत्रमा जित हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्