Logo

विष्णु पौडेलसँगको भेटवार्ताको तस्विर सार्वजनिक झाँक्रीले भनिन्–तस्विरमा खास सन्देश छ



काठमाडौं, १२ मंसिर । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् निवर्तमान मन्त्री रामकुमारी झाँक्रीले एमालेका नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छिन् ।

उनले भैरहवाबाट काठमाडौं आउने क्रममा विमानस्थलमा नेताद्धय पौडेल र भट्टराईलाई भेटेकी हुन् । भेटवार्ताको तस्विर सार्वजनिक गर्दै उनले उक्त तस्विरमा खास सन्देश रहेको उल्लेख गरेकी छिन् ।

निर्वाचनको मतपरिणाम आउने क्रममा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीहरुबीच सहकार्यको प्रस्तावस्वरुप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग फोनवार्ता गरेका थिए । ओलीले दाहाललाई सरकार गठनको लागि सहकार्यको प्रस्ताव राखेका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्