Logo

गण्डकी प्रदेश : १६ सिटमा कांग्रेसको जित,कसको कति सिट !



काठमाडौं, १२ मंसिर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेशमा ३४ प्रदेशसभा सदस्य विजयी भएका छन् । अब दुई स्थानमा मात्र नतिजा आउन बाँकी छ ।

गण्डकीमा हालसम्म विजयी भएका ३४ स्थानमध्ये नेपाली कांग्रेसले १६ स्थानमा विजयी हासिल गरेको छ ।

नेकपा एमालेले १२ स्थानमा विजयी हासिल गर्दा नेकपा माओवादी केन्द्रले ४ स्थानमा जित गरेको छ ।

नेपाल समाजवादी पार्टीले एक र स्वतन्त्र उम्मेदवार एक जनाले विजयी हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्