Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, १२ मंसिर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका–५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ घर भई भक्तपुर चागुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुली रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट आइतबार र मुकुन्द प्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो । उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्