Logo

श्रीमतीको कुटपिट गरी हत्या



बर्दिया, १२ मंसिर । आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्