Logo

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ



काठमाडौं,१२ मंसिर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङबाट विभिन्न कम्पनीका ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । उनलाई थप अनुन्धानको लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्