Logo

भारतीय विद्यालयमा बम भएको इमेल प्राप्त, विद्यार्थी त्रसित



एजेन्सी, १२ मंसिर । भारतको दक्षिण दिल्लीको डिफेन्स कालोनी क्षेत्रमा रहेको भारतीय विद्यालयमा बम भएको सूचनाले त्रसित बनेको छ ।

तर, स्थानीय प्रहरी, बम डिस्पोजल टोली र कुकुर टोली घटनास्थलमा पुगेर विद्यालय खाली गराएर पूरै विद्यालयमा छानबिन गरेको थियो । हालसम्म भने विद्यालयमा बम फेला परेको छैन । प्रहरीको साइबर टोलीले इमेलसँग सम्बन्धित जानकारी संकलन गर्न अनुसन्धान गरिरहेको छ ।

सोमबार दिउँसो १ः१९ बजे डिफेन्स कालोनी क्षेत्रमा रहेको इन्डियन पब्लिक स्कुलमा बम राखिएको इमेल प्राप्त भएको थियो । खबर पाएलगत्तै प्रहरी चौकीको टोली बम डिस्पोजल र डग स्क्वाडसहित घटनास्थलमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्