Logo

थापाथलीका सुकुम्बासीले दिए तेस्रो ठुलो आन्दोलनको चेतावनी



काठमाडौं, १२ मंसिर । थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रेका छन् ।

संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् । महानगरको डोजर आएलगत्तै सामानसहित कोही तयारी अवस्थामा बसे भने कोही हतियारसहित विरोधमा उत्रिए । बस्तीमा बस्दै आएका बालबालिका, वृद्धावृद्धा र किरिया पुत्रीहरु पनि सामान निकालेर बसेका थिए ।

सुकुम्बासीहरुले रातभर घरेलु हतियारसहित बस्तीलाई सुरक्षा दिने र डोजर भित्र छिरेमा पेट्रोल लगाएर जलाउने तयारी गरेका छन् । उनीहरुले देशभर रहेका सुकुम्बासीहरुलाई राजधानीमा उतारेर सरकारको विरोधमा तेस्रो ठुलो जनआन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

Photo : Mukunda kalikote

 



प्रतिक्रिया दिनुहोस्