Logo

सर्बिया र क्यामरुनको बराबरी



एजेन्सी । फिफा विश्वकप २०२२ मा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन्। गएराति सम्पन्न समूह (जी) अन्तर्गतको खेलमा दुवै टोली ३-३ गोलको बराबरीमा सकिएको थियो।

अल जनौब रंगशालामा भएको खेलमा क्यामरुनका लागि जान चार्ल्स कास्टेलेटो, एलेक्जेन्डर मित्रोभिच र अबुबकारले गोल गरे। सर्बियाका स्ट्राहिना पाभ्लोभिच, सर्गे मिलिन्कोभिच साभिच र चुपो मोटीङले गोल गरे।

कास्टेलेटोले २९ औं मिनेटमा गोल गर्दै क्यामरुनलाई सुरवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा सर्बियाले बराबरी गोल फर्कायो। कप्तान डुसान टाडिचको फ्रिकिकमा पाभ्लोभिचले गोल गरे। इन्ज्युरी समयमा नै साभिचले गोल गर्दै सबिैयालाई अग्रता दिलाए।

५५ औं मिनेटमा मोटीङले क्यामरुनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। सर्बिया र क्यामरुनले बराबरीका साथ १(१ अंक बाँड्दै खाता खोलेका छन्। क्यामरुन र सबिर्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्