Logo

प्रि-क्वाटर फाइनलमा पोर्चुगलको प्रतिद्वन्द्वी ब्राजिल कि स्वीट्जरल्यान्ड ?



काठमाडौं । कतार विश्वकपमा समूह चरणमा एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने तेस्रो देश पोर्चुगल भएको छ ।

समूह चरणको दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै प‍ोर्चुगलले नकआउट चरणको यात्रा पक्का गरेको हो । यस अघि फ्रान्स र ब्राजिलले पनि एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाएका छन् ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे । उनले खेलको ५३ मिनेटमा रोनाल्डोलाई दिएको लामो पास रोनाल्डोले हेडिङ गर्न नसकेपनि उरुग्वेका गोलकिपरलाई झुक्याउन सफल भएपछि गोलमा परिणत भएको थियो । अर्को गोल भने उनले ९२ मिनेटमा पेनाल्टी मार्फत गरेका हुन् ।

यो सँगै पोर्चुगलले २०१८ मा सम्पन्न रसिया विश्वकपमा उरुग्वेको हातबाट प्रि-क्वाटरफाइनल बेहोरेको २-१ को हारको बदला पनि लिएको छ ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानाको सामना गर्ने छन् । उक्त खेलपछि मात्रै समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

पोर्चुगल रहेको समूह ‘एच’को विजेताले ब्राजिल रहेको समूह ‘जी’को उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ भने यो समूहको उपविजेताले सम्भवत ब्राजिलको सामना गर्नुपर्ने छ ।

पोर्चुगल र ब्राजिलले दुई खेलबाट ६/६ अंक जोड्दा घाना र स्वीट्जरल्यान्डले समान खेलबाट ३/३ अंक जोडेर समूहमा दोस्रो स्थानमा छन् ।

अन्तिम खेल सबैले बराबरी खेलेमा पहिलो र दोस्रो स्थानकै टिमले जित हात पारेमा पोर्चुगलले स्वीट्जरल्यान्ड र ब्राजिलले घानाको सामना गर्नुपर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार ब्राजिल र पोर्चुगल आमने सामने हुने सम्भावना कम देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्