Logo

गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि



सुनसरी, मंसिर १३ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् ।

उनले अहिलेसम्म ३६ हजार १३६ मत प्राप्त गरेकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन् ।

चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन् । त्यहाँ अब १० हजार ६ सय मत गणना हुन बाँकी रहेको छ । तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्