Logo

विश्वकप फुटबलमा आज यी ८ टिमबीच हुँदैछ प्रतिस्पर्धा



काठमाडौं, मंसिर १३ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह चरणअन्तर्गतको अन्तिम चरणका खेल हुन लागेका हुन् ।

मंगलबार समूह ‘ए’ र र ‘बी’ का दुई/दुई खेल हुने तालिका । समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछन् । समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ । यी खेल राति पौने १२ बजे सुरु हुनेछ तालिका छ ।

आजको चारै खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्