Logo

सर्वोच्चको गेटमा रातो रंग फ्याक्ने युवती को हुन् ?



काठमाडौं, १३ मंसिर । सर्वोच्च अदालतको गेटमा मंगलबार बिहान १० बजे एक युवतीले रातो रंग फ्याकेकी छिन् । ट्याक्सी चढेर आएकी एक युवतीले बट्टामा ल्याएको रंग गेटमा ताकेर फ्याकेकी हुन् ।

सर्वोच्चको गेटमा रातो रंग फाल्ने युवती सिराहाकी बिनु यादव हुन् । उनी आफूमाथि श्रीमान प्रदीप कठायतले हिंसा गरेको भन्दै न्यायका लागि भौतारिरहेकी छिन् ।

उनले केही समयअघि रामेछाप जिल्ला अदालतमको इजलासमै विष सेवन गरेर आत्महत्या समेत प्रयास गरेकी थिइन् । उनले पाटन उच्च अदातलमा मुद्दा दिएकी छिन् । मुद्दा विचाराधिन छ ।



प्रतिक्रिया दिनुहोस्