Logo

महानगरको सुकुम्बासी बस्ती खाली बनाउने अभियानमा जसपा नेपालको आपक्ति



काठमाडौं, १३ मंसिर । काठमाडौंस्थित थापाथलीको बागमती किनारमा रहेको सुकम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको अभियानको जनता समाजवादी पार्टी नेपालले आपक्ति जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै पार्टीका राजनीति समिति सदस्य दलमर्दन कामीले महानगरले डोजर लगाउन खोजेर घोर अन्याय गरेको बताएका छन् ।

१८ वर्षदेखि बस्दै आएका सुुकुम्बासीहरुलाई हटाउन खोजेर राज्यले अमानविय कार्य गरेको उनको आरोप छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका सल्लाहकार समेत रहेका कामीले बिना विकल्प बस्ती उठाउन लागेर महानगरले संविधान माथि हस्तक्षेप गरेको समेत टिप्पणी गरेका छन् ।

Photo : Mukunda kalikote/reportersnepal.com

 



प्रतिक्रिया दिनुहोस्