Logo

धनुषाबाट महासेठ दम्पत्ती नै प्रत्यक्षमा निर्वाचित



काठमाडौं, १३ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट एक दम्पत्ती प्रत्यक्षमा निर्वाचन जितेर सांसद भएका छन् ।

प्रतिनिधि सभामा एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य महासेठकी श्रीमती जुली महतोले प्रत्यक्षमा चुनाव जितेका हुन् ।

महासेठले धनुषा–४ बाट नेपाली कांग्रेसका उम्मेवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै ३२ हजार २३६ मतसहित विजयी भएका हुन् । यादव र महासेठ २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । त्यतिबेला पनि महासेठले यादवलाई पराजित गर्दै विजयी भएका थिए ।

त्यस्तै, जुली धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित भएकी हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार बढी मतान्तरले पराजित गर्दै ३३ हजार ३५५ मत ल्याएर विजयी भएकी छिन् ।

उनी यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसकेकी हुन् । जुलीका दाजु विरेन्द्र महतो पनि सिरहा–४ बाट सांसद निर्वाचित भएका छन् । महतो जनता समाजवादी पार्टीबाट उम्मेदवार थिए ।



प्रतिक्रिया दिनुहोस्