Logo

विप्लवको भिडिओ सन्देश : नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने खेल भैरहेको छ, सबै एक हुनुपर्छ (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि सबै देशभक्त शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । आज (मंगलबार) एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

उनले आजपनि मुलुक धेरै पछि परेको भन्दै दलाल पुँजीवादलाई परास्त गर्नुपर्ने बताए । मुठ्ठीभरका दलाल पुँजीपतिको हालीमुहाली चलुञ्जेलसम्म देशको विकास नहुने र जनताले परिवर्तनको राहत नगर्ने उनको भनाई छ ।

उनले नेपालमा भूमण्डलीकृत अमेरिकी साम्राज्यवादले नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने काम गरेको पनि आरोप लगाएका छन् । उनले भारतीय साम्राज्यवादले पनि नेपालमा दलालहरुको सत्ता लाद्ने खेल गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्